मकवानपुरमा ६ जना कोरोना संक्रमण पुष्टि
५ असार । मकवानपुरको मनहरि गाउँपालिकास्थित हाँडीखोलाको लामिटार क्वारेन्टिनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएकाहरूको चार दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
मनहरि गाउँपालिका १, का दुई, ४ का दुई र ७ का एक पुरुषमा पोजेटिभ देखिएको छ भने मनहरी ४ कि एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको वाग्मती प्रदेश सामजिक विकास मन्त्रालय कोभिड(१९ का प्रवक्ता डा। पुरुषोत्तम सेढाईंले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका पुरुषहरू २८ देखि ४० वर्ष उमेर समूहका छन्। गत महिनाको जेठ १८ / २५ गते भारतबाट फर्किएका उनीहरूमा कोरोना देखिएपछि मनहरिबाट हेटौंडा–४ कर्रामा रहेको आइसोलेसन वार्डमा ल्याइँदै गरेको हेटौंडा अस्पताल आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले जानकारी दिए ।
भारतबाट फर्किएर गाउँपालिकाले व्यवस्थापन गरेको लामिटार क्वारेन्टिनमा रहेका २९ मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
५ असार २०७७, शुक्रवार ११:१८ बजे प्रकाशित












