मेलम्ची नपा २ मा ‘दुई थोपा सेनिटाईजर सबैको हातमा’ अभियान सम्पन्न

‘स्वास्थ्य नै धन हो भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै दुई थोपा सेनिटाईजर सबैको हातमा ज्वरो नाप्दै साथमा, एक घर एक साबुन वितरण गरिन्छ है लास्टमा’ भन्ने नारा सहित कोरोनाको माहमारी बड्दै गरेको अवस्थामा वडाबासिको स्वास्थ्यको ख्याल राख्दै मेलम्ची नगरपालिका वडा नम्बर २ का युवाहरु रामचन्द्र दुलाल, दिपक दुलाल र मधुकर चौलागाईंको अगुवाइमा वडा भित्रका सम्पुर्ण घर दैलोमा पुगि सामाजिक दुरि कायमका साथ स्वास्थ्याकर्मीहरु, वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयम् सेविका, टोल विकासका पदाधिकारिहरु लगायत अन्य शुभेच्छुकहरुको उपस्थितमा थर्मल गनको प्रयोग गरि ज्वरो नाप्ने, १ घर १ साबुन वितरण गर्ने, सेनिटाईजर लगाउन सिकाउने जस्ता कोरोना सचेतना फैलाउने अभियान मेलम्ची नागरपालिका २ का सम्पुर्ण घर दैलोमा पुगी भव्य रुपमा सम्पन्न भएको छ ।

र सबै नागरिकको ज्वरो सामान्य नै रहेको यस अभियानका अभियन्ताहरुले हामीलाई बताउनु भएको छ। साथै, नेपाली काङ्ग्रेस वडा ईकाई समिती संगको समन्वयमा गरिएको यस अभियानका लागि आवश्यक पर्ने थर्मल गन मास्क सेनिटाइजर ग्लोव्सको व्यवस्था पुर्व सुचना तथा सन्चार मन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको आग्रहमा मसिना खड्का भण्डारीले गर्नुभएको र पर्‍याप्त मात्रामा मास्क र ग्लोब्स संगै स्वास्थ्य ईकाईको लागि पि पि ई सेट संगै यस अभियानका अगुवा लगायत स्वास्थ्यकर्मीहरुको स्वास्थ्य बिमा मोहन बहादुर बस्नेतले गराउनु भएको कुरा यस अभियानका एक अभियन्ता रामचन्द्र दुलालले बताउनु भयो ।

त्यस्तैगरि यस अभियानका अर्का अभियन्ता दिपक दुलालको आग्रहमा हाल कोरिया रहेका सन्दिप पाख्रीन र हाल कतारको दोहा रहेका रवि बजगाईले अभियानको लागि केही आर्थिक सहयोग उपलब्ध गराउनु भएको कुरा अर्का अभियन्ता मधुकर चौलागाईंले बताउनु भयो ।

यो अभियान नेपाली काङ्ग्रेस मे न पा २ ईकाई, वडाका वडा अध्यक्ष शन्त बहादुर तामाङ, वडा सदस्य गोमा दुलाल, स्वास्थ्यकर्मीहरु बिमला खरेल उप्रेती र रविना राउत, स्वास्थ्य स्वयंसेविका ईन्दिरा खतिवडा, टोल विकासका अध्यक्षहरु कृष्ण प्रसाद खतिवडा र भिमसेन दुलाल, टोल विकास सचिव डिल्ली खतिवडा संगै शुभेच्छुकहरु चित्र कुमार चौलागाईंसि के, ज्ञान प्रसाद चौलागाईं, पुण्य प्रसाद दुलाल, शंकर खतिवडा, बम बहादुर बन्जारा, रामेश्वर दुलाल, छिरिङ तामाङ, रामचन्द्र बन्जारा, सुबास चौलागाईं, अनिश खतिवडा, रमेश चौलागाईं, स्वेता चौलागाईं, सन्दीप पाख्रीन, रवि बजगाई, सुमन दुलाल श्याम राज सापकोटा,पदमनिधी खतिवडा लगायत अन्य थुप्रै शुभेच्छुकहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोग अनि सहकार्य बाट मात्र सम्पन्न भएको र सहयोगी हातहरु धन्यवादको पात्र रहेको अभियन्ता दिपक दुलालले बताउनु भयो ।

अन्तमा कोरोना संगको लडाईमा सम्पुर्ण मानव जातिलाई विजयको शुभकामाना सन्देश समेत व्यक्त गर्न चाहेको अभियन्ताहरुले बताएका छन् ।

३० जेठ २०७७, शुक्रवार ०२:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु