अंश विवादमा भारतीय नागरिकद्वारा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौँ । अंश विवादमा काठमाडौँ जिल्ला अदालतमा भारतीय नागरिकद्वारा मुद्दा दायर भएको पाइएको छ ।

अंशको माग दाबी गर्दै जेठी श्रीमती मन्जु बस्नेतद्वारा दायर मुद्दामा बस्नेतका पति हरि बहादुर बस्नेत र कान्छी श्रीमती राधा थापा बस्नेतले उल्टै उनका विरुद्ध काठमाडौँ जिल्ला अदालतमा अंश मुद्दा दायर गरेपछि दुबै देशको दुइटा नागरिकता भएको बिषय बाहिर आएको हो । हरि बहादुर बस्नेतको नाममा नेपाली नागरिकता र राजन बस्नेतको नाममा भारतीय नागरिकता भएको सो मुद्दासँग सम्बन्धित ब्यक्ति मार्फत खुल्न आएको छ ।

हरिबहादुर बस्नेत अर्थात राजन बस्नेत र राधा थापा बस्नेत भारतको नागरिक भएर बिगत लामो समय देखि घर परिवार सहित व्यवसाय गरेर भारतको नयाँ दिल्ली स्थित उत्तम नगरमा बस्दै आएको सो मुद्दामा उल्लेख गरेको छ । गैर नागरिकको मुद्दाबाट पिडित हरि बहादुर बस्नेतकी जेठी श्रीमती मन्जु बस्नेतले काठमाडौँ जिल्ला अदालत परिसरमा भनिन, ‘मेरो श्रीमान हरि बहादुर बस्नेतसँग नेपालकै दुइटा नागरिकता छ, त्यति मात्रै होइन उ र मेरो आफ्नै सौतेनी बनेकी बहिनी राधासँग पनि भारतीय नागरिकता छ ।’

आफू र आफ्नो दुई छोरा र दुई छोरी सहित पाँच जनाको परिवारलाई आफ्नो श्रीमानले दशौ बर्ष सम्म पनि वेवास्था गरेकै कारण आफ्नो अधिकार प्राप्तिको निम्ति काठमाडौँ जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी मन्जुले बताएकी छिन । अदालत भित्र देखिएका यस प्रकारका बेथितिलाई तत्काल अन्त्य गर्न सम्बन्धित निकाय र ब्यक्तिले ध्यान पुर्याउनु पर्ने र दोषीलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने कानूनबिदहरुले बताएका छन् ।

२५ पुस २०७६, शुक्रवार १६:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु