क्षमताले भ्यायो भने सभापति बन्छु : गगन थापा

पोखरा । ‘मेरो सभापतिलाई जहाँनेर बचाउनुपर्ने हो बचाउँछु, जहाँनेर सुधार्नुपर्ने हो सुधार्छु। र, मेरो क्षमताले भ्यायो भने समय आउँदैछ सभापति बन्छु । ‘
नेपाल आइएमई लिट्रेचर फेस्टबिलको तेस्रो दिनको पहिलो सेसन ‘अबको नेतृत्व कस्तो’ भन्ने बहसमा नेपाली कांग्रेसका नेता गगन थापाले दिएको अभिव्यक्ति हो।
नयाँ नेतृत्व र नयाँ नेताबारे चलेको बहसमा नेता थापासँगै पर्यटनमन्त्री योगेश भट्टराई र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र उत्रिएका थिए।
बहसलाई सहजीकरण गरिरहेका थिए पत्रकार उमेश चौहानले।
२९ मंसिर २०७६, आइतवार १२:४६ बजे प्रकाशित