कमल थापाकाे ट्वीट ‘मर्नुपर्छ झुट नबोलौँ’

चैत १९, २०७४ काठमाडाैं: राप्रपा अध्यक्ष एवं तत्कालिन उपप्रधानमन्त्री कमल थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ दिने औपचारिक निर्णय गरेकाे दाबी गरेका छन्।

देउवा सरकारले झुट प्रचार गरेको समाचार सार्वजनिक भएपछि थापाले आफू र मुख्य सचिव स्वयम्ले निर्णयको मस्यौदा गरेको बताएका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा थापाले यदि निर्णय माइन्युट नगरिएको हो भने त्यो मुख्य सचिव र मन्त्रीपरिषद कार्यालयको बेइमानी भएको बताएका छन् ‘भूकम्प पीडितलाई थप एक लाख रुपैयाँ दिनेबारे स्वयम म र मुख्यसचिव भएर मन्त्रीपरिषदको निर्णय मस्यौदा गरेको र मुख्य सचिवले बैठकमा सुनाएपछि औपचारिक निर्णय भयो, ट्वीटरमा थापाले लेखेका छन्।

‘निर्णयलाई माइन्युट नगरेको हो भने यो मुख्य सचिव र मन्त्रीपरिषद कार्यालयको बेइमानी हो, एकदिन सबैले मर्नुपर्छ झुट नबोलौं, पीडितलाई धोका नदिऔं।’ थापाले लेखेका छन्। देउवा सरकारले गएको माघ १० गतेको मन्त्रीपरिषद बैठकबाट भूकम्प पीडित र बाढी पीडितलाई १ लाख रुपैयाँ अनुदान थप गर्ने निर्णय भएको सार्वजनिक गरेको थियो ।

१९ चैत २०७४, सोमवार ०२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु