सवारी साधनको ठक्करबाट घाइते अवस्थामा राति फेला परेका पुरुषको मृत्यु

चितवन, कात्तिक २१ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ स्थित तरकारी चोकमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति गम्भीर घाइते अवस्थामा सडकमै भेटिएका अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार उनलाई राति घाइते अवस्थामा फेला परेर उद्धार गरिएको थियो ।

उनको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा मृत्यु भएको र अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

उनको साथमा साइकल र एउटा हेल्मेट फेला परेकाले साइकल यात्री भएको अनुमान गरिए पनि अरु कुनै प्रमाण फेला पार्न नसकिएकाले घटनाको अनुसन्धान भइरहेको जिप्रका चितवनले जनाएको छ ।

उनको पहिचानसमेत खुल्न नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । गाडी या मोटरसाइकल केले ठक्कर दिएको हो भन्नेसमेत पहिचान हुन सकेको छैन ।

यता रत्ननगरमा एकजना मजदुर नवलकिशोर पासाङले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

२१ कात्तिक २०७४, मंगलवार ०२:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु