काठमाडौं, भदौ २८ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ ।
हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । तरलता अभाव शुरु भएको करिब एक बर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बठेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए ।
उनले भने, -हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ । -निक्षेप वृद्धिदर १४ प्रतितभन्दा माथि उक्लिएको छ ।
-कर्जा प्रवाह १८/१९ प्रतिशतमा खुम्चिएको छ । -पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो ।
-पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ ।














