अमेरीकाको मिडलटाउन शहरको योजना आयोगमा नेपाली नियुक्त,
अमेरीकाको मिडलटाउन शहरका लागि नेपाली मूलका लिङ्कन एभरेष्ट प्रदिप योजना आयुक्तमा नियुक्त भएका छन् । प्रदिप पौडेल नाम भएपनि लिङ्कन एभरेष्टका नामले अमेरीकामा चिनिने गरेको उनले बताएका छन् ।मिडलटाउन शहरका नगर प्रमुख डानिएल टि ड्रियुले गत फेब्ररी ६ तारिखमा नियुक्त गरेका हुन ।
मिडलटाउन लागि एभेरेष्ट सहित जम्मा ८ जना योजना आयुक्तमा नियुक्त भएकामध्ये ७ जना अमेरिकन मुलका छन् । झन्डै २८ बर्ष अगाडि अमेरिका पुग्नु भएका एभरेष्ट सामाजिक कामहरुमा सकृय छन् ।
२०२० साल वैँशाख , २३ गते काडमान्डौको कमलपोखमा जन्मनु भएका एभरेष्ट ब्यवसायकालागी अमेरीका पुगेका एभरेष्ट ब्यवसायिहरुलाई परामर्सदाताका रुपमा काम गर्दै आएक छन् ।
उनले यो पदमा पुग्ने केही बिरलै नेपाली मुलको व्यक्ति मध्य एक बन्ने अवसर पाएका छन् ।
यसरी नेपाली मुलका मानिस अमेरीकाको यो पदमा पुग्न पाउनु सबै नेपाली समुदायको लागि गर्वको बिषय भएको छ । आफू नियुक्त भएको जानकारी सामाजिक संजालमार्फत् सार्बजनिक गरेपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ । साथै उनले अमेरीकामा बस्दा नेपालीलाई केही समस्या परेमा lincolneverest.com मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
११ जेठ २०७४, बिहीवार १५:१० बजे प्रकाशित













