चैनपुर–दिपायल सडक निर्माण अलपत्र

CmvO1hJVYAQcPMjबझाङ । चैनपुर–दिपायल सडकखण्ड निर्माण कार्य अलपत्र परेको छ ।
बाटो बनाइरहेको बा २ फ १७५७ नम्बरको डोजरमा आगजनी गरेपछि सडकखण्ड अलपत्र परेको छ ।
जिल्लाको सबैभन्दा चर्चामा रहेको सडकखण्डलाई गौरवको आयोजनाको रुपमा लिइन्छ । बझाङको पारा काट्ने गाबिसको महेन्द्रधार नजिकै डोजर नै जलेपछि सडक निर्माणको काम अवरुद्ध भएको हो ।
आगलागीबाट डोजर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । डोजरका लागि प्रयोग गर्न सडक मै १८ वटा ड्रममा भरेर राखिएको तीन हजार नौ सय साठी लिटर डिजेलमा समेत आगजनी भएको छ । आगजनीबाट एक करोड २५ लाख भन्दा धेरैको क्षति भएको जनाइएको छ ।
बज्रगुरु खड्का कृष्ण जेभीले केही कडा स्थानमा ठेक्का लिएर सडक काट्ने मेसिन प्रयोग गरी काम गर्दै आएको थियो । आउँदो भदौ २० गतेसम्म थलाराको खोलीमासम्म सडक र्पुयाउने लक्ष्य थियो । दु्रत गतीले निर्माण भइरहेका बेला डोजर नै जलेपछि निर्माण कार्य ठप्प भएको छ ।

२३ असार २०७३, बिहीवार ०६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु