रुपन्देही एफएमको प्रशासनमा तालाबन्दी

लुम्बिनी । रुपन्देही एफएममा कार्यरत पत्रकार दिपेश पछाई र सम्झना शर्मालाई व्यवस्थापन पक्षले बिनाजानकारी निष्काशन गरेको विरोधमा पत्रकारले प्रशासन र लेखाशाखामा तालाबन्दी गरेका छन् ।  नेपाल पत्रकार महासङ्घ रुपन्देहीकोे नेतृत्वमा आज रुपन्देही एफएम कार्यालयमा पुगेका पत्रकारहरूले प्रशासन र लेखाशाखामा तालाबन्दी गरेका हुन् । निष्काशित पत्रकारलाई पुनःवहाली नभएसम्म तालाबन्दी जारी रहने महासङ्घ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।  यसअघि पटकपटक एफएम सञ्चालक र व्यवस्थापन पक्षलाई निस्कासित पत्रकारलाई बिनासर्त पुनःवहाली गर्न आग्रह गर्दासमेत बेवास्ता गरेकाले महासङ्घले चरणवद्ध आन्दोलन गरेको हो । यसैबीच आन्दोलनप्रति रुपन्देहीमा क्रियाशील पत्रकार सम्बद्ध सङ्घसङ्गठनले ध्यानाकर्षण भएको जनाएका छन् ।  पे्रस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरी, पे्रस युनियनका रुपन्देही सभापति विक्रम खड्का, क्रान्तिकारी पत्रकार सङ्घका रुपन्देही अध्यक्ष भुवन कार्की, प्रगतिशील पत्रकार सङ्घ नेपाल, रुपन्देहीका अध्यक्ष श्याम पोखरेललगायतले विज्ञप्ति जारी गर्दै पत्रकारको आन्दोलनलाई कमजोर नठान्न एफएम व्यवस्थापनलाई चेतावनी दिएका छन् ।

१९ जेठ २०७३, बुधवार १५:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु