दाङका अटो चालक रामप्रसाद झाँक्री मगर प्रहरीद्धारा सम्मानित

२६ असार, दाङ । दाङमा एकजना अटो चालकलाई प्रहरीले सम्मान गरेको छ। आफ्नो अटोका एक यात्रुले पैसा र गहनासहितको झोला बिर्सिएर गएपछि उक्त झोला ती चालकले प्रहरीलाई ३  बुझाएका थिए।

शुक्रबार घोराही १३ बसपार्कबाट तुलसीपुर चोकसम्म रा १ ह २१५३ नम्बरको अटोमा जाँदा रोल्पा रुन्टिगढी गाउँपालिका–७ की ३० वर्षकी मतिकला बुढाले झोला बिर्सिएर अटोमै छाडेकी थिइन्। उनको झोलामा नगद ३७ हजार र एक तोला सुनको सिक्री रहेको थियो।

उक्त समान अटो चालक घोराही उपमहानगरपालिका–१३ का २९ वर्षीय रामप्रसाद झाँक्री मगरले सकुशल जिल्ला प्रहरी कार्यालय घोराही दाङमा बुझाएका थिए।

इमान्दारपूर्वक उक्त पैसा र गहनासहितको झोला प्रहरीलाई बुझाएकाले उनलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।

२६ असार २०७८, शनिवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु