सिन्धुपाल्चोक बाढी र पहिरो : भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटियो

३ असार, काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको हो ।

‘बिहान एक जना चिनियाँ नागरिकको शव भेटिएको थियो, अहिले एक जना भारतीय नागरिकको पनि भेटियो’ उनले भने, ‘पोष्टमार्टमका लागि पठाउने तयारी छ ।’

यसअघि सिन्धुपाल्चोकमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झुको शव भेटिइसकेको छ ।

घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए ।

३ असार २०७८, बिहीवार १६:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु