चुरे दोहन गर्ने नीति खारेज गर्न नाफानको माग
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ढुङ्गा गिट्टी निकासी गर्ने नीति समावेश गरेको छ । तर, यसले चुरो दोहन हुने भन्दै नाफानले सरकारको ध्यानाकर्षण गरेको हो ।
सरकारले बजेटमा चुरेको नाम राखेको त छैन् । तर, ढुङ्गा गिट्टी निकासी गर्ने भन्नु चुरे दोहन गर्ने नीति भएको भन्दै नाफानले चुरेको नाम नलिइ सरकारले चुरे दोहन गर्न लागेको बताएको छ ।
नाफानले चुरे दोहन नीति खारेज गर्न माग गर्दै विज्ञप्ती निकालेको हो ।
विज्ञप्ती हेर्नुहोस्

२२ जेठ २०७८, शनिवार १७:१२ बजे प्रकाशित





