विदेशबाट फर्किएका यात्रुसँग तेब्बर बढी भाडा असुल्ने पक्राउ

विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिने बस काउण्टरका कर्मचारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा स्याङ्जा चापकोट–७ घर भएका ३० वर्षीय मिलन सारु छन् ।

बा.४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग उनले ३ हजार देखी ४ हजारसम्म भाडा लिएका थिए । काठमाडौंदेखि बागलुङको नियमित भाडा सरकारले ९ सय तोकेको छ । बससहित उनलाई कारवाहीका लागी महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाइएको एसएसपी भट्टराइले बताए ।

२२ वैशाख २०७८, बुधवार २०:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु