सपनालाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ
काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।
विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो ।
काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।
४ फागुन २०७७, मंगलवार १८:१५ बजे प्रकाशित





