बिरामी परे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्।
टाउको भारी हुने र आंशिक ज्वरो आउने भएपछि उनलाई डाक्टरहरूले आराम गर्न सल्लाह दिएको वालुवाटार स्रोतले जनाएको छ।
‘त्यस्तो बिरामी होइन, सामान्य हो’ वालुवाटार स्रोतले भन्यो ।
२८ माघ २०७७, बुधवार ०९:४८ बजे प्रकाशित