एकाबिहानै बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दोगडाकेदार गाउँपालिका वडा नम्बर २ सिल्लेगडाबाट कफलकोटतर्फ गईरहेको ग १ ज ५१९२ नम्बरको जिप  दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मत्यु हुनेमा दोगडाकेदार गाउँपालिका २ कफलकोटका ३३ वर्षीय बीरबहादुर कुँवर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

यस्तै दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका जिप चालक दीपक चन्द समान्य घाइते भएका छन् । उक्त जिपमा दुई जना मात्रै सवार रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२३ कात्तिक २०७७, आइतवार ०७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु