आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली

हाल देशको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।
हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२३ कात्तिक २०७७, आइतवार ०७:०३ बजे प्रकाशित