बाघको आक्रमणबाट ६ जनाको मृत्यु
बर्दियाको गेरुवा – ४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु थारुको शनिबार साँझ ६ बजे गाउँदेखि पूर्वतर्फ गेरुवा नदी किनारमा रहेको आवादी जग्गामा चरिचरणका लागि छाडिएका गोरु फर्काउने क्रममा बाघ आक्रमणमा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार सो गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्छ।
दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा यससँगै ६ जनाको मृत्यु भइसकेको छ।
१६ कात्तिक २०७७, आइतवार ०८:१२ बजे प्रकाशित





