जापानबाट आउँदै गरेका विजय मिश्र आजै पत्रकार सम्मेलन गर्ने
विजय प्रकाश मिश्र जापानबाट काठमाडौं आउउँदैछन । जापानबाट आउँदै गरेका विजय मिश्र आजै पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको थियो ।
तर, अहिलेसम्म मिश्र हाजिर हुन नआएकोले बास्क्कअख्तियारका प्रवक्ता तारानाथ अधिकारी बताउँछन् । ‘मुद्दा अनुसन्धानमै छ,’ उनले भने, ‘हाजिर हुन भनिएका व्यक्ति अहिलेसम्म बयानका लागि आइपुग्नु भएको छैन ।’
७ कात्तिक २०७७, शुक्रवार ११:३५ बजे प्रकाशित





