आजको मौसम : केही स्थानमा आंशिक वदली

हाल देशभरको मौसममा कुनै पनि प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागमा आंशिक वदली रहनेछ ।

बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली हुनेछ । प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली हुनेछ ।

त्यस्तै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली हुनेछ । लुम्विनी प्रदेशमा आंशिक बदली हुनेछ ।

त्यस्तै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

५ कात्तिक २०७७, बुधवार ०७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु