भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण
भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले सोमबार आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गरेका छन् ।
३ कात्तिक २०७७, सोमवार १८:०० बजे प्रकाशित





