ललितपुर र भक्तपुरमा लकडाउन गर्ने निर्णय, काठमाडौंमा घोषणा हुन बाँकी

अत्यावश्यक बाहेकका सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित

ललितपुर र भक्तपुरमा लकडाउन गर्ने निर्णय भएको छ । काठमाडौंमा घोषणा हुन बाँकी छ ।

लितपुर जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा सो निर्णय भएको जनाएको छ।

‘कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको छ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा। खगेश्वर गेलालले बताए।

यस्तै, भक्तपुरका सबै सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार साँँझ एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि जिल्लाभरका सरकारी कार्यालयलाई अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गर्न पत्राचार गरिएको जानकारी दिएको हो।

‘अत्यावश्यक बाहेकका सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएकाले सो अनुसार गर्नुरगराउनुहुन अनुरोध छ,’ सबै सरकारी कार्यालयलाई जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रमा भनिएको छ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कार्यालयहरूको भिडभाड घटाउन यस्तो निर्णय गरिएको बताइएको छ। असोज २६ गते मन्त्रिपरिषद् बैठकले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा रोक लगाउन सक्ने निर्णय गरेको थियो। शुक्रबारसम्म भक्तपुरमा १८८४ जना सक्रिय संक्रमित छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार मात्र २४०२ जना कोरोना संक्रमित उपत्यकामा थपिएका थिए।

यसैगरी, काठमाडौंमा पनि फेरि लकडाउनको तयारी भएको छ । यसका लागि विज्ञहरुसँग परामर्श थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श गर्दैछन् । यसलाई सरकारको फेरि लकडाउनको तयारीका रुपमा लिइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक परे फेरि लकडाउन घोषणा हुनसक्ने बताइसकेका छन् । उनले कोरोना जोखिम बढ्दै गएको भन्दै शतर्क रहन भनेका छन् ।

१ कात्तिक २०७७, शनिवार ०७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु