कात्तिक १ गतेबाट पुर्णत बन्द गर्ने निर्णय
सरकारले भीडभाड बढी हुने सरकारी कार्यालय कात्तिक १ गतेबाट बन्द गर्ने तयारी गरेको छ।
मालपोत, नापी, यातायातलगायतका कार्यालयमा थेगिनसक्ने भीड बढेपछि सरकारले ती कार्यालय बन्द गर्ने तयारी गरेको हो । यो विषयमा पनि मन्त्रिपरिषद्को बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।
उनले भने, ‘बैठकमा कात्तिक १ गतेबाट भिडभाड हुने सरकारी कार्यालय केही समयका लागि बन्द गर्नुपर्ने विषयमा पनि कुरा उठेको थियो । तर त्यसबारेमा पनि कुनै निर्णय भएको छैन् ।’
बजार क्षेत्र, सडकमा हुने धर्ना, नाराबाजी, जुलुस आदिले पनि सङ्क्रमण फैलाउन मद्दत गरेको सरकारको निष्कर्ष छ ।
२९ असोज २०७७, बिहीवार ०७:३५ बजे प्रकाशित













