उच्च जोखिममा काठमाडौं, ७६ वटा मात्र भेन्टिलेटर क्षमता

कोरोनाको संक्रमण उच्च हुँदै जाँदा पछिल्लो समय यता काठमाडौं उपत्यकामा सबै भन्दा उच्च जोखिममा परेको छ । उपत्यकामा संक्रमण दर निकै उच्च हुँदै गएको छ ।

काठमाडौं उपत्यकामा कुल १ सय ८१ आइसियू रहेका छन् । जस मध्ये ८२ वटा आइसियू अहिले प्रयोगमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो कुल आइसियूको ४५.३ प्रतिशत हो ।

त्यसैगरी काठमाडौं उपत्यकामा कुल ७६ वटा भेन्टिलेटर रहेका छन् । जसमा २७ वटा अहिले प्रयोग भइरहेका छन् । यो कुल भेन्टिलेटरको ३५.५ प्रतिशत हो ।

मन्त्रलयका प्रवक्ता डा. गौतमले उपत्यका बाहिरबाट काठमाडौं उपत्यका आएकाहरु १४ दिन मात्र क्वारेन्टाइनमा बसेर मात्र कार्यालय तथा काममा जान आग्रह गरेका छन् ।

उपत्यकामा तिब्र गतिमा संक्रमण फैलिएको भन्दै उनले सबैले मापदण्ड पालना नगरेमा स्थिति गम्भीर हुन सक्ने प्रति सबैले मनन् गरिदिन आग्रह पनि गरे ।

२२ असोज २०७७, बिहीवार १७:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु