सञ्चालनमा आयो तातोपानी नाका, भित्रिए ११ कन्टेनर

नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए । आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।

१९ असोज २०७७, सोमवार ०६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु