सम्झना हत्यामा ट्वीट : बोहरातिर संकेत गर्ने प्रारम्भिक प्रमाण

निर्वस्त्र भेटिएको सम्झनाको शरीरभर निलडाम र टाउकोमा चोट

बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको मृत्युको खबरसँगै पुनः सामाजिक सञ्जाल तातिएको छ ।

यस घटनाको सत्यतथ्य छानविनको लागि राजधानीमा प्रर्दशन नै सुरु गरेका छन् ।

बुधबार साँझ घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाले गोठ पुग्न नपाउँदै बीच बाटोमा मृत्युवरण गरिन् । निर्वस्त्र भेटिएको सम्झनाको शरीरभर निलडाम र टाउकोमा चोट देखिएकाले उनको बलात्कार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घटनामा संलग्न भएको आशंकामा छिमेकी अन्दाजी २० वर्षका राजेन्द्र बोहोरालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानमा बोहराले घटनामा संलग्नता इन्कार गरिरहेका छन् ।

अनुसन्धानमा अहिलेसम्म फेला परेको प्रमाणहरु हेर्दा बोहोराले नै यो घटना घटाएको हुनसक्ने बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । यस विषयमा अझै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययन गर्थिन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । उनको आमा बाबु रोजगारीका लागि भारतमा छन् । बाबु शनिबार घर आइपुग्ने वडा नम्बर २ का वडा अध्यक्ष शेष बहादुर खड्काले जानकारी दिए ।

१० असोज २०७७, शनिवार २१:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु