विद्युत प्राधिकरणका ६ जना कर्मचारीसहितको गाडी बाढीले बगायो
३ जना पौडिएर निस्के, १ को शव फेला, २ बेपत्ता

नेपाल विद्युत प्राधिकरणको तौलिहवा वितरण केन्द्रमा कार्यतर ६ जना कर्मचारीलाई बाढीले बगाएको छ ।
विद्युत लाइन मर्मतका लागि जितपुर भन्ने ठाउँमा गाडीसहित ६ जनालाई बगाएको हो । दिउँसो ४ बजे ६ जनाको टोली लाइन मर्मत गरे आउँदा बाणगंगा नगरपालिका ७ र ९ को सिमानामा आएको बाढीले बगाएको प्रमुख यादवले समाचार दैनिकलाई जानकारी दिए ।
उनका अनुसार गाडीमा सवार ६ जनामध्ये ३ जना पौडिएर निस्कन सफल भएका थिए । बाँकी ३ जनामध्ये १ जनाको शव फेला परेको उनले बताए । सोही वितरण केन्द्रमा कार्यरत कर्मचारी माधव पाण्डेको शव फेला परेको उनले जानकारी दिए ।
७ असोज २०७७, बुधवार २२:३४ बजे प्रकाशित