प्रधानमन्त्री ओलीको ‘राष्ट्रवादी वर्को’ : नयाँ नक्सासहितको पुस्तक रोक्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सासहितका पाठ्यपुस्तक वितरणमा रोक लगाएका छन्।

मन्त्रिपरिषदको बिहिबारको बैठकमा प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको सदुरपश्चिमको लिम्पियाधुरा, कालापानी र लिपुलेकको भूभागसहित तयार पारिएको विद्यालयस्तरको पाठ्यपुस्तक वितरण नगर्न निर्देशन दिएर सरकारको राष्ट्रवादी वर्को आफैँले उधारिदिएका छन्।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार पाठ्यपुस्तक बितरण रोकिएको जानकारी दिए।

नयाँ नक्सा समेटिएको पुस्तक वितरण नगर्नू : प्रम ओली

पाठ्क्रम विकास केन्द्रले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको घोषणा अनुसार भूमि व्यवस्था मन्त्री नयाँ पाठ्क्रममन्त्री पोखरेलले भने, ‘मन्त्रिपरिषद्मा सम्माननीय प्रधानमन्त्रीले अहिले यो किताब वितरणलाई रोक्नुहोस् भन्नुभयो। हामीले रोकिसकेका छौँ।’

मन्त्री पोखरेलले यससम्बन्धमा परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीसँगै आफू बसेर छलफल गरी तयार पारेको रिर्पोट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए।

यस बिषयमा चाडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने पनि उनले बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रै सत्ता सञ्चालनमा भएका विवादस्पद गतिविधिका अतिरिक्त कोरोना महामारीका विरुद्धको लडाइमा सरकारको विफलता लगायत सरकारको कामकारबाही र गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी र सत्ताको नेतृत्वमाथि प्रश्न उठेपछि उक्त विषयलाई विषयान्तर गर्न प्रधानमन्त्री ओलीले नयाँ नक्साको मुद्दा उछालेका थिए।

६ असोज २०७७, मंगलवार २२:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु