शेरबहादुर देउवालाई कोरोना आशंका, होम आइसोलेसनमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् ।
आफ्ना निजी सचिवालयका एकजनामा कोभिड संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेनमा बसेको उनको निजी सचिवालयले जनाएको छ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइराला कोभिड संक्रमणका कारण हाल ओम अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।
कोइरालामा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अत्यधिक ज्वरो आएपछि उनी मंगलबार राति ओम अस्पताल भर्ना भएका थिए ।
१ असोज २०७७, बिहीवार ११:१४ बजे प्रकाशित





