मध्यपुर थिमी नगरपालिकामा अझै एक साता निषेधाज्ञा
भक्तपरको मध्यपुर थिमी नगरपालिका अझै एक साता बन्द हुने भएको छ ।
कोरोना भाइरसको हटस्पट बन्ने सम्भावना रहेकाले यो निर्णय गरिएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।
नगरपालिका क्षेत्र भित्र अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उनले जानकारी दिए ।
संघीय सरकारले अहिले केही क्षेत्र बाहेक सबै खुल्ला गर्ने निर्णय गरेको भएपनि मध्यपुर थिमीले स्वास्थ्य सुरुक्षाको जोखिमलाइ ध्यानमा राखेर बन्द गरिएको प्रमुख श्रेष्ठले बताए ।
उनले अब स्थानीय सरकार र स्थानीय जनताले सचेत कमद चाल्नुपर्ने बताए ।
सरकारले कोरोना भाइरस संक्रमणका कारण गरिएको बन्द खुल्ला गरेपछि झनै जोखिम बढेको उनले प्रतिकृया दिए ।
अब सबै नागरिक आफै जिम्मेवार बन्नु पर्ने उनको सुझाव छ ।
१ असोज २०७७, बिहीवार ०९:४७ बजे प्रकाशित












