असोज ५ गतेबाट सार्वजनिक गाडी खुला गर्ने निर्णय
सरकारले असोज ५ गतेदेखि लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएका लामो दुरीको यातायात चलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो।
निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ। सोही आधारमा आज बसेको मन्त्रिपरिषद यो निर्णय गरेको हो।
२९ भदौ २०७७, सोमवार २२:०२ बजे प्रकाशित





