निषेधाज्ञा खुकुलो भएसँगै सर्वोच्चमा मुद्दा सुनुवाई हुने

सरकारले भदौ २ गते देखि लगाएको निषेधाज्ञा खुकुलो बनाएपछि सर्वोच्च अदालतले मुद्दाको सुनुवाई बढाउने निर्णय गरेको छ।

बुधबार उपत्यकाबा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो पारेका थिए। फुल कोटको बिहीबार बसेको बैठकले मुद्दा सुनुवाई बढाउने निर्णय गरेको हो।

काठमाडौं उपत्यका लगायत देशका अन्य भागमा कोरोनाको संक्रमण न्यून हुने निश्चित नभएको र अदालतबाट प्रवाह हुने सेवामा संकुचन ल्याइएको लामो समय व्यतित भइसकेको भन्दै भदौ २८ गतेदेखि केही मुद्दाको सुनुवाई र दर्ता सुरू हुने सूचनामा उल्लेख छ।

२०७७ साउन १५ मा अदालतको वृहत पूर्ण इजलासबाट भएको आदेशले प्रदान गरेको सुविधामा अन्यथा असर नपर्ने गरी आइतबारदेखि यस अदालतमा सबै प्रकृतिका रिट निवेदन, पुनरावेदन, निवेदनको दर्ता, रिट निवेदन तथा अन्य निवेदनहरूको प्रारम्भिक सुनुवाई हुने सूचनामा उल्लेख छ।

अन्तरिम आदेशसम्बन्धी छलफल, थुनुवा तथा नेपाल सरकारका तर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाई, मुलुकी फौजदारी (कार्यविधि) संहिता, २०७४ को दफा ७३ नं। अन्तर्गत परेका निवेदन पनि सुनुवाई हुने सूचनामा उल्लेख छ।

त्यस्तै प्रतिवेदनको सुनुवाई, मुद्दा फिर्ता तथा मिलापत्रसम्बन्धी काम कारबाही र सुनुवाई हुनेगरी सेवाप्रवाहको व्यवस्था मिलाइएको सर्वोच्चको

२५ भदौ २०७७, बिहीवार १८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु