आजबाट उपत्यकामा फुटपाथ र ठेलाको व्यापार पनि खुला

काठमाण्डौ उपत्यकामा बिहीबारदेखि फुटपाथ पसल र ठेला व्यापार पनि गर्न पाइने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो ।

काठमाण्डौमा यातायातदेखि शपिङ मलसम्म सञ्चालन गर्न पाइने, यस्ता छन् मापदण्ड
‘सुरक्षा मापदण्ड अपनाएर जनजीवन सामान्य पार्दै लैजानुपर्छ’

प्रशासनका अनुसार फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ ।

औषधिजन्य लगायत अत्यावश्यक पसल जुनै पनि बेला खोल्न पाइनेछ भने अन्य पसल सञ्चालनका लागि विभिन्न शर्त र समय तोकिएको छ ।

धार्मिक स्थल जस्तैस्९ मठमन्दिर, गुम्बा, मस्जिद, चर्च खुल्ने छैनन् ।

शैक्षिक संस्था, जिमखाना, खेलकुद, पार्टी प्यालेस, फिल्म हल, पुस्तकालय, सङ्ग्रहालयलगायतका क्षेत्र भने बन्द नै रहने छन् ।

२५ भदौ २०७७, बिहीवार ०५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु