वाग्लुङमा पहिरो २ को मृत्यु, १० बढी वेपत्ता

ढोरपाटन नगरपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। घटनामा कम्तिमा १० जना बेपत्ता भएका छन्।

ढोरपाटन नगरपालिका ८ र ९ का विभिन्न ठाउँमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको बागलुङका प्रहरी प्रमुख एसपी शारदाप्रसाद चौधरीले जानकारी दिए।

चौधरीका अनुसार प्रहरी घटना स्थलमा पुग्न नसकेका कारण बिस्तृत विवरण आउँन बाँकी रहेको जनाएको बताए।

१८ भदौ २०७७, बिहीवार ०८:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु