एकैदिन भारतमा दुई नेपालीको मृत्यु

एकै दिन भारतमा दुई नेपालीको मृत्यु भएको छ । भारतको गोवामा एक दिनमा २ जना नेपालीको हृदयघातका कारण मृत्यु भएको हो ।
दाङ शान्तिनगरका एक जना र रुकुम पश्चिमका एक जना गरी २ जनाको मृत्यु भएको हो।
बुधबार स्थानीय समय अनुसार बिहान करिब ८ बजे दाङ शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुर निवासी करिब ४७ बर्षीय राजु केसीको मृत्यु भएको गोवा नेपाली समाजका अगुवा सुनिल रावतले जानकारी दिए।
ड्युटी गरेर कोठातर्फ जाँदै गर्दा कोठाभन्दा करिब एक सय मिटर अगाडि बाटोमै केसीको मृत्यु भएको उनले बताए।
केसी लामो सयमदेखि गोवामा परिवारसहित बस्दै आएका थिए, भने उनी सेक्युरिटीमा कार्यरत थिए। उनका २ वटा छोराछोरी र श्रीमती रहेको रावतले बताए।
साथै उनको बुधवार पोष्टमार्टम गरेर गोवामा नै दाहसंस्कार गरिएको समेत उनले बताए।
पछिल्लो समय कोरोना महामारीका कारण धेरै नेपालीहरु कामविहीन बन्न पुगेका छन्।
गोवा अहिले करिब २५ हजार नेपालीहरु बस्दै आएका छन्।
त्यसैगरी कोरोना महामारीको समय मै करिब १२ हजार नेपाली नेपाल गएको समेत रावतले बताए।
गोवामा अहिलेसम्म १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको र ती सबै निको भएका छन्।
१७ भदौ २०७७, बुधवार २३:३० बजे प्रकाशित