गुल्मीमा जिप दुर्घटना: ३ जना घाइते

गुल्मीमा जिप दुर्घटना३ जना घाइतेलाई उपचारका लागि पाल्पा पठाइयो।
सुमन महतरा, गुल्मीस् गुल्मीको कालिगण्डकि गाउँपालिका बजारमा डबल क्याप जिप दुर्घटना ग्रस्त भएको छ ।
आज करिब १२ बजे तिर जिप बाटो बाट करिब ३० मिटर तल खोलामा खसेको हो।
उक्त जिपमा ५ यात्रु सवार थिए। ५ जना मध्य दुई जना सकुशल छन् भने ३ जनालाई उपचारको लागि पाल्पा लगिएको छ भने गाडी चालक पुर्तिघाट पुलिस चौकी निगरानीमा राखिएको छ।
लु २ च २७५६ नम्बरको डबल क्याप जिप सामान लिन पुर्तिघाट बजार आउदै थियोे
१३ भदौ २०७७, शनिवार १४:३५ बजे प्रकाशित