शनिवारको मौसम : वर्षाको सम्भावना यस्तो छ …
आज शनिबार पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् मञ्जु बासीका अनुसार अहिले बिहान कतै पानी परेको छैन। धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली छ। यो भनेको धेरै ठाउँमा घाम लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो भने देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश न। १ का एक वा दुई स्थानमा भारी भने वर्षाको समेत सम्भावना छ।
यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका भने एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
‘भारी वर्षाको सम्भावना देखिए पनि आजलाई त्यस्तो बाढीपहिरो नै जाने वर्षा हुने सम्भावना कम छ,’ मौसमविद् बासीले भनिन्।
१३ भदौ २०७७, शनिवार ०७:२० बजे प्रकाशित













