कोरोना कहरकाबीच बझाङ केन्द्रबिन्दू भएर भूकम्प

बझाङलाई केन्द्र बनाएर केही समयअघि भूकम्प गएको छ । बझाङ आसपासका जिल्लामा महसुस गरिएको यो भूकम्प ९ बजेर ९ मिनेट जाँदा गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४।७ रेक्टर स्केल मापन गरिएको छ ।
भूकम्पले अहिलेसम्म क्षति पुर्याएको समाचार आएको छैन । पछिल्लो समय नेपालमा पाँच रेक्टर स्केलभन्दा कमका भूकम्पहरु बारम्बार गइरहेका छन् ।
९ भदौ २०७७, मंगलवार २२:०८ बजे प्रकाशित