अछाममा बाढीले बगाउदा चारको मृत्यु, १८ जना सम्पर्क बिहीन

अछामको रामारोसन गाउँपालिकामा अविरल वर्षा पछि आएको बाढीले बगाउदा चार जनाको ज्यान गएको छ भने १८ जना सम्पर्क बिहीन भएका छन् ।

रामारोसन र बान्नीगढी–जयगढ गाउँपालिका जोड्ने पक्की पुलनजिकै चार जनाको शव भेटिएको छ । पक्की पुल समेत बाढीले बगाएको छ । कतिपय पसल र घर बगाएको छ भने थुप्रै किनाराका बस्तीका घरहरु बिस्थापित भएको स्थानीयले बताएका छन् ।

‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् ।

कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाएको छ ।
अहिले घटनास्थलमा उद्धारका लागि सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली जादै गरेको बताईएको छ ।
बाढीमा १८ जनाजति सम्पर्कविहीन रहेको खबर आएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

३ भदौ २०७७, बुधवार ०९:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु