साहित्यकार बानिरा गिरीको निधन

साहित्यकार बानिरा गिरीको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको हो ।

उनलाई २० दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । यद्दपि संक्रमण पुष्टि भए पनि मृत्यु भने हृदयघातका कारण भएको परिवारले बताएको छ ।हृदयघात भएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो ।

उनी तीन वर्षदेखि अल्जाइमरबाट ग्रसित थिइन् ।

डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।

डा. गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन् ।

उनी नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो नारी हुन् । कारागार उनको निकै प्रशिद्ध उपन्यास हो ।

१० जेठ २०७८, सोमवार १२:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु