सिड्नीबाट ५३० डलर सस्तोमा फर्किए नेपाली

कोरोना भाइरस ९कोभिड–१९० को महामारीसँगै अस्ट्रेलियामा अलपत्र परेका १ सय ६० नेपाली  सिड्नीबाट नेपाल फर्किएका छन् ।

उनीहरू यसपहिले सरकारले तोकेको भाडादरभन्दा ५ सय ३० अमेरिकी डलर सस्तो भाडामा चार्टर विमानमार्फत नेपाल फर्किएका हुन् । सरकारले विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउने योजनाअनुरूप चौथो पटक नेपाली फर्किएका हुन् ।

तर पनि यसपटक स्वदेश फर्किएका नेपाली भने सरकारले यसपहिले तोकेको भाडादरभन्दा ५ सय ३० अमेरिकन डलर सस्तोमा नेपाल फर्कन सफल भएका हुन् । सरकारले यसअघि भाडादर १ हजार ६ सय ५० अमेरिकी डलर तोकेको थियो ।

यनेपालीलाई फर्काउन आप्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाले पहल गरेको हो ।

 

१७ साउन २०७७, शनिवार २२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु