जर्मनीमा नेपालीलाई प्रवेशमा लागेको प्रतिबन्ध हट्यो
kfls{ª u/L /flvPsf ljdfg
sf7df8f}F !* h]7 M lqe'jg cGt//fli6«o ljdfg:yndf kfls{ª u/L /flvPsf ljdfg .
sf]le8 !(Ú sf] /f]syfd tyf /f]syfdsf nflu ;/sf/n] nufPsf] ns8fpgsf sf/0f rf6{8{ tyf /]:So' p8fgafx]s cGo p8fg aGb /x]sf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
२२ असार, काठमाडौं । जर्मनीले नेपालसहित कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट प्रभावित पाँच मुलुकबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
जर्मनीको राष्ट्रिय रोग नियन्त्रण केन्द्र, द रोबर्ट इन्ष्टिच्युटले सोमबार नेपालसहित पाँच मुलुकलाई ‘भाइरस भेरियन्ट क्षेत्र’को सूचीबाट हटाएको छ । अब जर्मनीमा बुधबारदेखि नेपाल, बेलायत, रुस, पोर्चुगल र भारतबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यससँगै अब नेपालसहितका मुलुकबाट कोरोना भाइरसको पूरा मात्रा लगाएकाहरुले जर्मनी पुगेर क्वारेन्टिनमा पनि बस्नुपर्ने छैन । खोप नलगाएका मानिसहरु भने १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । यद्यपि पाँचौं दिनमा कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएको अवस्थामा भने क्वारेन्टिन बस्नुपर्ने छैन ।
नेपालसहितका पाँच मुलुकमा डेल्टा र डेल्टा प्लस भेरियन्ट देखिएको भन्दै जर्मनीले प्रवेशमा रोक लगाएको थियो । ती देशमा बसोबास गर्ने जर्मन नागरिकलाई भने स्वदेश फर्किन छुट दिइएको थियो र १४ दिनको क्वारेन्टिन अनिवार्य गरिएको थियो ।
२२ असार २०७८, मंगलवार १४:४६ बजे प्रकाशित





