तुुर्केमिनिस्तानका राष्ट्रपतिले गाडीको छतमा बसेर बन्दुक चलाएपछि…

तुर्केमिनिस्तानका राष्ट्रपति गुरवानगुली बर्डिमुहामेडोभ अनेक हर्कत गरेर चर्चामा आउँछन् । उनी नयाँ–नयाँ स्टन्टका सौखिन हुन् ।

यसपटक आफ्नो मनपर्ने सुुभ गाडीको छतमा बसेर उनले मिनिगन चलाएका छन् । यस बन्दुकबाट उनले केही टाढा रहेको पिडामिड आकारको वस्तुलाई ढालेको देख्न सकिन्छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तर, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरु राष्ट्रपतिको बन्दुक चलाउने क्षमताबाट प्रभावित भएजस्तो लाग्दैन । उनीहरुले अनेक ट्रोल गरिरहेका छन् ।

सुरक्षाकर्मीहरुका लागि ल्याइएका हतियार प्रदर्शन गर्ने क्रममा उनले आफैं बन्दुक चलाएका हुन् । उनी अनौठा खाले स्टन्ट गर्न रुचाउँछन् । कहिले आफैं ¥याप हान्छन्, कहिले घोडाचढी गर्छन्, कहिले कार रेसमा भाग लिन्छन् ।

६३ वर्षीय गुरवानगुली २००६ देखि निरन्तर तुर्केमिनिस्तानको राष्ट्रपति छन् । उनी २००६ देखि २०१३ सम्म सत्तारुढ डेमोक्रेटिक पार्टीका प्रमुख पनि थिए । राष्ट्रपति बन्नुुअघि उनी २००१ देखि २००६ सम्म उपराष्ट्रपति थिए ।

२४ भदौ २०७७, बुधवार १२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु