लिपुलेकमा चिनियाँ सैनिक तैनाथ भएको भारतीय मिडियाको दाबी

लिपुलेकको सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाएको समाचार भारतीय मिडियाबाट सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै नेपाल भारत चीनको त्रिदेशीय विन्दु लिपुलेक पासमा चिनियाँ सैनिक तैनाथ भएको खबर प्रकाशित गरेका हुन्।

सन् १८१६ को सुगौली सन्धीअनुसार कालापानी, लिपुलेकदेखि लिम्पियाधुरासम्मकै भूभाग नेपाली भूमि भए पनि भारतले लामो समयदेखि कब्जा गरेको छ र आफ्नो उत्तराखण्ड राज्यभित्र पर्ने भन्दै दावी गर्दै आएको छ।

नेपाली भूमि लिपुलेकमा भारतले मानसरोवर जाने सडक पनि बनाइरहेको छ। जसमा नेपालले आपत्ति जनाएको छ।

भारतीय मिडियाले लिपुलेकलाई लिएर नेपाल(भारतबीच तनावको स्थिति रहेका बेला चीनले आफ्नो सैनिक तैनाथी बढाएको उल्लेख गरेका छन्।

समाचारअनुसार दुई साताअघि थप १५० लाइट कम्बाइण्ड आर्म्स ब्रिगेड त्रिदेशीय विन्दु लिपुलेक पासमा तैनाथ भएको छ। चिनियाँ सैनिक सीमाभन्दा करिब १० किलोमिटरको दुरीमा भौतिक संरचनाहरु निर्माण गरेर बसेको छ।

यो समाचार सुरुमा भारतीय स्वतन्त्र समाचार एजेन्सी आइएएनएसले सार्वजनिक गरेको थियो। आइएएनएसबाट आजतक, एबीपी, इण्डिया डटकमलगायत थुप्रै हिन्दी र अंग्रेजी माध्यमका भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन्।

 

४ भदौ २०७७, बिहीवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु