गुगलका केही सेवामा विश्वभर समस्या देखियो

गुगलका केही सेवाहरुमा बिहीबार समस्या देखिएको छ।
जिमेल, गुगल ड्राइभ, गुगल डक्स तथा केही सेवामा विश्वव्यापी रुपमा समस्या देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
जिमेल र गुगल ड्राइभमा फाइल अट्याच नहुने समस्या देखिएको छ, यस्तै गुगल डक्स र गुगल मिटमा कनेक्टिङको समस्या देखिएको छ।
गुगलले प्राविधिक समस्या भएका कारण सेवामा अवरोध सिर्जना भएको बताएको छ। हाल गुगलले समस्या समाधान गर्ने प्रयास गरिरहेको छ
४ भदौ २०७७, बिहीवार १३:५१ बजे प्रकाशित