प्रचण्ड-ओली विवाद भन्न नहुने अवस्थामा छ : सुवास नेम्वाङ
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि रोकिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवाद हुन छाडेको एक साता बितेको छ ।
पार्टीमा विवाद भइरहेका बेला सरकारले लगानी बोर्डका कार्यकारी अधिकृतमा विवादित व्यक्ति सुशील भट्टलाई नियुक्ति गरेपछि उनीहरुबीचको विवाद थप चुलिएको थियो । लगानी बोर्डमा भट्टको नियुक्तिको विषयलाई लिएर साउन २० गते ओली प्रचण्डबीचको वार्तामा भनाभन नै भएको थियो । २० गतेको भनाभनपछि २१ गते दुई नेता वार्तामा बस्ने भनिए पनि २१ गतेको वार्ता स्थगित भएको प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सूचना जारी गरेका थिए ।
सोही दिन प्रचण्डसहितका वरिष्ठ नेतहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायकाजी श्रेष्ठले पत्रकारहरुसँग पार्टीभित्र विवाद बढ्नुको कारण खोलेपछि त उनीहरुबीच भेटवार्ता मात्रै होइन टेलिफोन संवाद नै हुन छाडेको हो ।
२७ साउन २०७७, मंगलवार १७:१५ बजे प्रकाशित





