एमसीसीबारे बोले प्रचण्ड- पार्टीको नीति विपरित सरकार जान खोज्दैछ

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचड’ अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीबारे बोलेका छन् ।

एमसीसीबारे चर्को विवाद हुँदा मौन रहेका प्रचण्ड बुधबार पार्टी निकटका पत्रकारहरुसँगको भेलामा यसबारे बोलेका हुन् ।

नेकपा र सरकारबीच अहिले अर्थतन्त्र निर्माणकाृे सन्दर्भमा नवउदारवादी पुजीँवादको बाटोतर्फ जाने कि समाजवजादकोृ यात्रामा भन्नेमा बहसमा रहेको उल्लेख गर्दै उनले सरकार नेकपाकै लाइन फरक पर्न थालेको बताए ।

उनले उदाहरण दिए, ‘जस्तो कि एमसीसीमा सम्झौता गर्दा त्यतिबेला प्रष्टसँग नवउदारवादी अर्थतन्त्रको पालना गरेको हुनपर्ने स्वीकृतिको लागि भन्ने कुरामा नेपालले सहमति जनाएको देखिन्छ । र अहिले हाम्रो सरकार त्यहि नवउदारवादी अर्थतन्त्रको बाटोमा नवउदारवादी पुँिजवादको बाटोमा जान खोजेको र त्यसमा सैद्धान्तिक प्रतिवद्धता पटक पटक व्यक्त गरेको देखिएको छ ।’

एमसीसीमा सम्झौता स्वीकार गर्ने र नवउदारवादी अर्थतन्त्रको पालना गर्ने सरकारको पैतिवद्धता र लगावले नेपालमा समाजवाद आउन नसक्ने उनको भनाई छ । अर्थात, सरकार समाजवादको दिशाबाट बाहिरिएको उनको टिाप्प्णी छ ।

‘एमसीसी ल्याउन नवउदारवाद स्वीकार गर्नुले समाजवादतिर होइन पुजीँवादी अराजकतातिर वर्ग विभेदलाई घटाउने होइन, वर्ग विभेदलाई बढाउँदै लाने बाटोतिर जान्छ । त्यसकारण यो ठिक छैन भन्ने बहस छ’ प्रचण्डले भने ।

२२ साउन २०७७, बिहीवार ०६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु