रवीन्द्र मिश्रलाई मिलन पाण्डेको चेतावनी- केपी ओलीको हालत नहोस

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आत्मकेन्द्रित ढिपीले कतिसम्म बिग्रिन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन्।

ओलीको अहंकारले झन्डै दुईतिहाइ बहुमतको सरकार मात्र होइन, शक्तिशाली कम्युनिस्ट पार्टीको आफ्नो प्रमुख पद पनि गएको स्मरण पाण्डेले गराएका छन्।

एकपछि अर्को गर्दै सबै कुरा गुम्दा पनि उनको ढिपी र अहम् भने नगएको संयोजक पाण्डेको टिप्पणी छ।

आफ्ना अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको निर्णयभन्दा बाहिर रहेर सार्वजनिक गरेको ‘संघीयता खारेजी र धर्मनिरेपेक्षतामा जनमत संग्रह’ प्रस्तावका पक्षमा एकोहोरो रूपमा वकालत गरिरहेका बेला पाण्डेले ओली अहंको चर्चा गरेका हुन्।

‘एउटा आत्मकेन्द्रित मान्छेको ढिपीले कतिसम्म बिग्रिन सक्छ भन्ने ज्वलन्त उदाहरण हो– केपी ओली,’ विवेकशील साझाका संयोजक पाण्डेले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘२र३ ९दुईतिहाइ० को सरकार गयो। ६ वटा प्रदेश सरकार आफ्नै थियो, गयो। शक्तिशाली कम्युनिस्ट पार्टीको १ नं। को नेता थिए, त्यो गुम्यो। एमाले नै एक छैन, आफ्नै पार्टी गयो।’

उनले अगाडि लेखेका छन्, ‘सबै कुरा गयो, तर ढिपी र अहम् गएन।’

संघीयता र गणतन्त्रविरोधी राजनीतिक दस्तावेज सार्वजनिक गरेयता अध्यक्ष मिश्रविरुद्ध संयोजक पाण्डेले आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।

२९ साउन २०७८, शुक्रवार ०६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु