एमाले एकताको वातावरण खल्बलियो : भीम रावल

काठमाडौँ – नेकपा ९एमाले० उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको बताएका छन् । बिहीबार माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै उपाध्यक्ष रावलले ओलीका अभिव्यक्तिले पार्टी एकता खल्बल्याएको बताएका हुन् ।

रावलको भनाइ उद्दधृत गर्दै नेपाल समूहका नेता यज्ञराज सुनुवारले भने, ‘केपी ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बल्याएको छ । हामीले एकताको प्रयास जारी गर्नुपर्छ ।’

भेलामा रावलले कार्यदलमार्फत भएका कामहरुको सबै वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहमति र निर्देशनमा गरेको बताएका थिए ।

२१ साउन २०७८, बिहीवार २२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु